सेयर बजारमा गिरावट रोकिएन, परिसूचक १.८५ अंकले घट्यो

news-details

साताको तेस्रो दिन पनि सेयर बजार परिसूचकसँगै कारोबार रकम घट्ने क्रम रोकिएन । नेप्से १.८५ अंकले घट्दै २०१०.२१ विन्दुमा रह्यो ।

गत सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा थियो भने आइतबार १७.३० अंकले घटेको थियो ।

मंगलबार १३ मध्ये फाइनान्स, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा जलविद्युत उपसमूह छ । १२७ कम्पनीको सेयरमूल्य घटेको छ भने १०९ को बढोत्तरी छ । ८ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

६१ लाख ३१ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँ छ । सोमबार २ अर्ब ८७ करोड ७४ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो भने आइतबार ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँको कारोबार भएको थियो ।

घटेको बजारमा पनि गुराँस लघुवित्त र गणपति लघुवित्तको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्तलगायतका सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् ।

सर्वोत्तम सिमेन्टको सेयर उच्च कारोबारको सूचीमा पछाडि परेको छ । गोर्खाज फाइनान्सको १४ करोड ९८ लाखको सेयर किनबेच भएको छ । दोस्रोमा सर्वोत्तम छ । सेयरमूल्य प्रतिकित्ता ९४१ रुपैयाँबाट घटेर ९२५ रुपैयाँ भएको सर्वोत्तमको सेयर ९ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो । यस्तै तारागाउँ रिजेन्सीको सेयर ७ करोड ४८ लाखको किनबेच भएको छ ।
आज घट्नेमा ज्योति विकास बैंकको ऋणपत्र–२०८७ छ ।

मनकामना इन्जिनियरिङ, हाइड्रोपावर, तारागाउँ रिजेन्सी, मायाखोला हाइड्रोपावर, चिरख्वा हाइड्रोपावरलगायत घटेकाको सूचीमा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *