पेट्रोलको मुल्य लिटरमा ४ रुपैयाले बढ्यो, अन्यको मुल्य यथावत्

news-details

नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो ।

जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।

निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *