नबिल बैंकले थाल्यो ग्लोबल मनी विकको अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

news-details

नबिल बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ युवा र विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

१८ देखि २४ मार्चसम्म विश्वभर ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो ।

यही अभियान अन्तर्गत सातै प्रदेशमा १ हजार ९ सयभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ ।

कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

कार्यक्रमबाट कोशी प्रदेशका ६७३, मधेश प्रदेशका २२०, बागमती प्रदेशका ४२५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यसका साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि ¥यालिमा बैंकले सहभागिता जनाएको थियो जसमा करिब ३०० जना बैंकर्स साथै सर्वसाधरणको सहभागिता रहेका थिए ।

कार्यक्रमबाट कोसी प्रदेशका ६७३, मधेश प्रदेशका २२०, बागमती प्रदेशका ४२५, लुम्बिनी प्रदेशका १३५, सुदूरपश्चिम प्रदेशका १२०, कर्णाली प्रदेशका २४० जना विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ ।

गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । कक्षा ८(१० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बीच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो । विजेता विद्यार्थीहरूलाघ पुरस्कार वितरण गरिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *