सहसचिव धनीराम शर्माको संयोजकत्वमा बजेटको मस्यौदा लेखन समिति गठन

news-details

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आवका लागि बजेट लेखन समिति गठन गरेका हुन ।

आगामी आवको बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य छन ।

समिति संयोजक शर्माले विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने जानकारी दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *