रमेश रसाइलीको अध्यक्षतामा सुनचाँदी व्यवसायी महासंघको कोशी प्रदेश समिति चयन

news-details

नेपाल सुनचाँदी व्यवसायी मंहासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ । सुनसरीको इटहरी स्थित होटेल क्यान आइतबारेमा सम्पन्न महासङ्घको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट उदयपुरका रमेश रसाइली अध्यक्षमा निर्वाचित भएका छन् ।यसैगरी उपाध्यक्षमा धरानका लिला शङ्कर र विराटनगरका शशिभुषण शाह, सचिवमा इटहरीका कुमार श्रेष्ठ निर्वाचित भएको छन् । यस्तै सहसचिवमा बिराटचोकका मीन बहादुर गहतराज , कोषाध्यक्षमा रंगेलीका मनोजकुमार अग्रवाल र बिर्तामोड झापाका बाबुराम विश्वकर्मा सह कोषाध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक राम विश्वकर्माले बताए ।सचिव बाहेकका अन्य पदहरू निर्विरोध भए पनि सचिवमा भने निर्वाचन भएको थियो । प्रतिस्पर्धी झुम्काका अच्युतकृष्ण चौलागाई र कुमार श्रेष्ठ बिच चुनावी प्रतिस्पर्धामा कुमार श्रेष्ठ निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरूमा राजु विश्वकर्मा,मोहन गजमेर,लाल बहादुर विश्वकर्मा, बस्तुगतबाट रोहित बहादुर विश्वकर्मा,एसोसिएट सदस्य आलोक राठि र महिला सदस्य सृजना शङ्कर निर्वाचित भएका छन् । निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए ।साधारणसभाको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गरेका थिए । कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेम ओझा, महासङ्घका प्रथम उपाध्यक्ष मोहनकाजी शाक्य,उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजली,महासङ्घका केन्द्रीय सदस्य टिका लाम्गादे,महासङ्घका सह कोषध्यक्ष रमेश रसाइली लगायतले बालेको थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *