अटो क्षेत्र सुधार्न नाडाले भौतिक पूर्वाधारमन्त्री महासेठलाई दियो २६ बुँदे सुझाव

news-details

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले नेपालको अटो क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलसमक्ष २६ बुँदे सुझाव पेश गरेको छ ।

नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई आज बिहीबार मन्त्रालयमै भेटेर नाडाले सो सुझाव पेश गरेको हो । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा सुझावपत्र बोकेर मन्त्रालय पुगेको प्रतिनिधिमण्डलले समग्र अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरूका सम्बन्धमा व्यापक छलफल गरेको छ ।

भेटका अवसरमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे सुझावहरू पेस गर्दै त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रह समेत गरेका छन् । छलफलमा सहभागी भएका नाडाका सचिव विक्रम सिंहानियाले प्रिजेन्टशनमार्फत ती सुझावहरूलाई मन्त्री महासेठसमक्ष प्रस्तुत गरेका थिए ।

छलफलमा उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले सवारी साधनहरुको सीसीको आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताउँदै प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने बताए । सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको वर्गीकरण सीसीको आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुका लागि पार्किङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरुले गर्ने बताए ।

मन्त्री महासेठले सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिएका छन् ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ समेतको उपस्थिति थियो ।

यस्ता छन् सुझावका विषयहरू–

१. सडक मर्मत सम्भार दस्तुर
२. सवारी साधन कर
३. सवारी साधनहरु सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था
४. अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया
५. इम्बोष्ड नम्बर सवारी साधनहरुमा अनिवार्य लागू गर्ने
६. दुईपांग्रे सवारी साधनहरुलाई अत्यावश्यकीय सवारी साधनको रुपमा लिनु पर्ने
७. सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने
८. नामसारी
९. करहरुको भुक्तानी अनलाइनमार्फत गर्ने प्रणाली हुनु पर्ने
१०. जरीवानाको दायरा
११. सरुवा सहमति
१२. सवारी साधन पैठारीकर्ताहरुका लागि छुट्टै डेस्कको स्थापना
१३. सेवाग्राहीलाई सुविधा
१४. रसिदमा एकरुपता हुनुपर्ने
१५. मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने
१६. लाइसेन्स वितरण सहज हुनुपर्ने
१७. दुईपांग्रे सवारी साधनहरुको वर्गीकरण
१८. सहजीकरणको भूमिका निर्वाह
१९. उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रिया
२०. पार्किङस्थलको अभाव
२१. विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण
२२. चार्जिङ्ग स्टेशनको निर्माण र विद्युतीय सवारी साधनको व्यवस्था
२३. सवारी चालक तालिमको व्यवस्था
२४. अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था
२५. अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण
२६. सिमेण्ट मिक्स्चरको काम गर्ने सवारी साधन (Transit Mixture)को आयात

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *