सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

news-details

सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर सेयर बजारमा परेको छ । सोमबार बजार कारोबार सुरु भएसँगै सेयर बजार सूचक बढेको छ ।

समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ ।

म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन् । बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेको कारोबारमा दुई पटक सकारात्मक सर्किट लागेको छ ।

रिडि पावर, शिवश्री हाइड्रो, राप्ती हाइड्रो, मेन्छीयम हाइड्रो, रिलायबल लाइफ इन्स्योरेन्स, बाराही हाइड्रो, जोशी हाइड्रोपावर,अरुणभ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *