इमानको कोसी प्रदेश कमिटी गठन, अध्यक्षमा वाग्ले

news-details

आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को कोसी प्रदेश कमिटी गठन भएको छ ।

नीति सञ्चार डटकमका सञ्चालक सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेश कमिटी गठन भएको प्रमुख निर्वाचन अधिकृत पवन अधिकारीले जानकारी दिए ।

इमानको कोसी कमिटीमा उपाध्यक्षमा सूत्रधार अनलाइनका सञ्चालक टीका खतिवडा रहेका छन् । त्यस्तै महिला उपाध्यक्षमा दर्शन दैनिकबाट चिना थापा चयन भएकी छन् ।

त्यस्तै, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी पूर्वाञ्चल दैनिक, कोषाध्यक्ष हिमाल दाहाल न्युजलय डटकमबाट र सह–कोषाध्यक्ष दीपक कटुवाल राष्ट्रिय डेल्ली डटकमबाट सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

त्यो सँगै सदस्यहरूमा योगेश बाबु काफ्ले कोशिपत्र दैनिक, भिम चापागाईँ पालिका पेज, टोम राज मेहता सुनसरी अनलाइन, होम बहादुर बस्नेत, दमन राई, मदन गौतम र गणेश सांपाङ निर्वाचित भएको जनाइएको छ ।

निर्वाचन पश्चात् इमानका कोसी अध्यक्ष वाग्लेले इमानको सदस्य अझ बढाउँदै लगिने बताए । आर्थिक पत्रकारितालाई कसरी समेटिने भन्ने छलफल गरेर काम गर्ने वाग्लेको भनाई छ ।

कोसी प्रदेशमा आर्थिक विधामा सक्रिय रहेका मिडियाहरूलाई बलियो बनाउने योजना ल्याएर कार्यान्वयन गर्ने वाग्लेले बताए । उनले आर्थिक पत्रकारितालाई कोसी प्रदेशमा बिटको रूपमा विकास गर्ने बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *