पेट्रोलियम पदार्थमा मूल्य बृद्धि : पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य बढयो

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको जनाएको छ । निगमको सञ्चालक समितिको बैठकले विहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य बृद्धि भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छैन । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल÷मटिटेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ रूपैयाँ र डिजेलमा १.५६ रूपैयाँ बढेर आएको पनि निगमले सूचनामा जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *