हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा कार्की र महासचिवमा पराजुली निर्वाचित

news-details

नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्ष पदमा रामहरी कार्की निर्वाचित भएका छन् ।

गत आइबार सम्पन्न संघको निर्वाचनको मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी लोपसाङ शेर्पालाई १३ मतको अन्तरले हराउँदै ४३४ मत ल्याएर उनी निर्वाचित भएका हुन् उनका प्रतिस्पर्धी शेर्पाले भने ४२१ मत प्राप्त गरेका छन् ।संघको वरिष्ठ उपाध्यक्ष पदमा गंगाबहादुर घिमिरे ४४२ मतसहीत विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अर्जुन कार्कीले ४०२ मत प्राप्त गरेका हुन् ।

त्यस्तै महासचिव पदका लागि रामचन्द्र पराजुलीले ४४३ मतसहित निर्वाचित भएका छन् । उनका प्रत्याशी भक्तबहादुर पराजुलीले भने ३९१ मत प्राप्त गरेका छन् । त्यस्तै सचिव पदका लागि ४ जना निर्वाचित भएका छन् । मतपरिणाम अनुसार विकास प्रसाद रिसाल, आङदोर्जे शेर्पा, तुलसी राउत र सुब्बा श्रेष्ठ निर्वाचित भएका हुन् ।

संघको प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्षहरुमा सुजित बस्नेत, निराजन श्रेष्ठ, भरतबहादुर कार्की र ओमनाथ घिमिरे, कोषाध्यक्षमा लालबहादुर बस्नेत र सह-कोषाध्यक्षमा सुमनकाजी श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै सदस्यहरुमा पुस्कर गिरी, शारदाप्रसाद पराजुली, छविलाल आचार्य, प्रेमकुमार शेर्पा, प्रेमबहादुर श्रेष्ठ, मुके शेर्पा, कृष्णबहादुर श्रेष्ठ, क्षितिज गौतम, राज कपुर खत्री, लाक्पा शेर्पा, नारायण पराजुली (नारे), जितेन्द्र प्रसाद दाहाल, महेश्वर बस्नेत, रामच्रन्द्र थापा, बाल्मिकी नाथ पराजुली (बलराम), बिनोद थापा, विष्णु श्रेष्ठ र विष्णुप्रसाद न्यौपाने सर्वसम्मतले भइसकेका चयन  छन् ।

स्थापनाकालदेखि नै संस्थामा आवद्ध रहेर काम गरेका कार्कीले व्यवसायीहरुको मर्म, भावना बुझेका छन् । संस्था स्थापना गर्नमा महत्पुर्ण भुमिका उनको पनि रहेको छ । उनी विगतका दिनहरुदेखि नै व्यापारीका समस्या सम्बोधन गर्न लागिपरिरहेका छन् । संघको निवर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा रहेर सफल कार्यकाल  पुरा गरिसकेका उनी संघको १२ औं महाधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *