हिमालय सिमापार वाणिज्य संघको सचिव पदमा सुब्बा श्रेष्ठको जित सुनिश्चित

news-details

नेपाल हिमालय सिमापार वाणिज्य संघको आसन्न १२ औं महाधिवेशनमा सुब्बा श्रेष्ठले सचिव पदमा आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

विगत दुई दशकदेखि व्यापारी व्यवसायीहरुको हकहितमा अनवरत रुपमा काम गर्दै आएका श्रेष्ठले विभिन्न कार्यकालमा संघमा सदस्य पदमा रहेर आफ्नो सफल कार्यभार पुरा गरिसकेका छन् ।

व्यवसायीहरुको समस्यालाई नजिकबाट बुझेका श्रेष्ठले २०६२÷६३ सालबाट सहयोगी सदस्यको रुपमा काम गर्दै आएका छन् । आफू सदस्यको रुपमा काम गर्दा थुप्रै व्यापारीहरुका समस्या सम्बोधन गर्न लागिपरिको उनी बताउँछन् ।

संघका अध्यक्ष अशोककुमार श्रेष्ठको नेतृत्व आफूले थुप्रै कार्यहरु गरेको उनी बताउँछन् । कोभिडको समयमा स्वास्थ्य सामाग्री वितरण, भुकम्प, बाढीपहिरोमा राहत सामाग्री वितरण, उत्तरी नाकाको अवलोकन बैंकको ब्याजदर घटाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा गई सम्बन्धित पक्षको ध्यानाकार्षण जस्ता कार्यहरु गर्न सफल भएको उनी बताउँछन् ।

त्यस्तै आन्तरिक राजश्वमा हुने व्यवसायीहरुका समस्यालाई समाधान गर्न लागिपर्ने व्यवसायीमा हुने शिथिलतालाई सफलता दिलाउन विभिन्न नियामक निकायहरुसँग प्रयास गर्ने प्रमुख प्रतिवद्धता रहेको छ ।

आगामी दिनमा व्यवसायभित्र देखिएका विकृतिहरुको अन्त्य गर्दै व्यवसायीका समस्याहरु समाधान गर्दै जाने उनको लक्ष्य रहेको छ ।

आफूले अनुभवी प्यानलबाट उम्मेद्धारी दिएका बताउँदै उनले सम्पुर्ण व्यवसायीहरुलाई अत्याधिक मतदान गरि संघको सचिव जस्तो गरिमामय पदमा विजयी गराउन आग्रह गर्छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *