हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा रामहरी कार्कीको उम्मेद्धारी किन ?

news-details

नेपाल हिमालय सिमापार वाणिज्य संघको आसन्न २४ औं वार्षिक साधरणसभा तथा १२ औं महाधिवेशनमा रामहरी कार्कीले अध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

स्थापनाकालदेखि नै संघमा आवद्ध रहेर काम गरिसकेका अनुभवी र क्रियाशिल कार्कीले व्यापारी व्यवसायीहरुको हकहितका लागि अनवरत रुपमा काम गर्दै आएका छन् । आसन्न निर्वाचनका लागि उनले प्यानल नै बनाएर अघि बढेका छन् ।

व्यवसायीहरुको मर्म, भावना बुझेका कार्कीको संस्था स्थापना गर्नमा महत्पुर्ण भुमिका रहेको छ । उनी विगतका दिनहरुदेखि नै व्यापारीका समस्या सम्बोधन गर्न लागिपरिरहेका छन् । संघको वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा रहेर उनले व्यवसायीका थुप्रै समस्याहरुलाई नजिकबाट बुझेका छन् ।

विशेषगरि उत्तरी नाकाबाट सामान आयात गर्ने व्यापारीका समस्याहरुलाई लिएर उनी कहिले प्रधानमन्त्री कार्यालय धाउँथे त कहिले अर्थमन्त्रालय त्यस्तै कहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय त कहिले परराष्ट्र मन्त्रालय धाइरहे । बैंकको ब्याजदर घटाउन र उत्तरी नाकाका समस्या समाधान गराउन उनी निरन्तर लागिपरेका छन् ।

उनी आफू निर्वाचित हुनासाथ उत्तरी नाकाको सडकको मर्मत संभार गर्ने, बैंकको ब्याजदर घटाउन सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराउने, चीनसँगको व्यापारलाई अझ विस्तार गराउँने योजना रहेको बताउँछन् । त्यस्तै ट्रक, कन्टेनरहरु व्यवसायीहरुसँग समन्वय गरेर व्यवस्थापन र सहजताका लागि पहल गर्ने उनको भनाई छ ।

आन्तरिक राजश्वमा हुने व्यवसायीहरुका समस्यालाई समाधान गर्न लागिपर्ने व्यवसायीमा हुने शिथिलतालाई सफलता दिलाउन विभिन्न नियामक निकायहरुसँग प्रयास गर्ने प्रमुख प्रतिवद्धता रहेको छ ।

कार्कीले व्यवसायीका हकहित मात्र नभएर विभिन्न सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याउँदै आएका छन् । बाढी, पहिरो, कोरोना, भुकम्पजस्ता महामारीमा पनि उनको सहयोग रहँदै आएको छ । विद्यालयहरुमा शैक्षिक सामाग्री हस्तान्तरण, गरिबदुखीलाई खाद्यन्न, लत्ताकपडाहरु पनि वितरण गर्दै आईरहेका छन् ।

उनले सम्पुर्ण व्यवसायीहरुलाई अत्याधिक मतदान गरि संघको अध्यक्ष पदमा विजयी गराउन सबै व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *