नेपाल हिमालय सिमापार वाणिज्य संघको महासचिव पदमा पराजुलीको दावी

news-details

नेपाल हिमालय सिमापार वाणिज्य संघको आसन्न १२ औं महाधिवेशनमा रामचन्द्र पराजुलीले महासचिव पदमा आफ्नो उम्मेद्वारी दिएका छन् ।

विगत डेढ दशकदेखि व्यापारी व्यवसायीहरुको हकहितमा अनवरत रुपमा काम गर्दै आएका पराजुलीले संघमा सदस्य र सचिव पदमा रहेर आफ्नो सफल कार्यभार सम्हालिसकेका छन् ।

व्यवसायीहरुको मर्म, भावना बुझेका पराजुली विगतका दिनहरुदेखि नै व्यापारीका समस्या सम्बोधन गर्न लागिपरिरहेका छन् । संघको सचिव पदमा रहेर उनले व्यवसायीका थुप्रै समस्याहरुलाई नजिकबाट बुझेका छन् । व्यापारीका अनेक समस्या लिएर उनी कहिले प्रधानमन्त्री कार्यालय धाउँथे त कहिले अर्थमन्त्रालय त्यस्तै कहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय त कहिले परराष्ट्र मन्त्रालय त्यस्तै कहिले बैंकको ब्याजदर घटाउन माग राख्दै माइतिघर मण्डलामा आन्दोलन गर्न पुग्थे ।

उनले विभिन्न संघ संस्थामा आवद्ध रहेर व्यापारीका समस्यालाई संबोधन गर्दै आईरहेका छन् । साना तथा मझौला व्यवसायीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघमा पनि द्धितीय उपाध्यक्ष पदमा रहेर व्यापारीहरुका थुपै्र समस्याहरु संबोधन गर्न सफल भए । बैंकको ब्याजदर घटाउने, उत्तरी नाकाका समस्या समाधान गराउन, घरभाडाका कुराहरुलाई मुद्दाका रुपमा लिएर उनले काम गरे । व्यवसायीका समस्या लिएर उनी विभिन्न राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउन पटक–पटक धाईरहे अन्ततः बैंकले केही भएपनि ब्याजदर कम ग¥यो ।

उनी वाणिज्य मन्त्रालयको वाणिज्य विभागको सदस्यको रुपमा पनि काम गरिसकेका छन् भने अर्थमन्त्रालयको भन्सार विभागमा पनि सदस्यका रुपमा काम गरिसकेका छन् । त्यस्तै नेपाल हिमालय सिमापार वाणिज्य संघको विदेश विभाग समितीको संयोजक रहेर चीनले गरेको बिआरआईको प्रशिक्षणमा भाग लिन चीन पुगेका थिए । त्यहाँ उनले बिआरआईको प्रोजेक्ट अध्ययन गर्ने मौका समेत पाएका थिए ।

त्यस्तै चाइना चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा विभिन्न नाकाका समस्याहरुमा कुरा उठाएको हुनाको दुई देशबिचको व्यापारमा सहजता आउने उनी बताउँछन् । इन्डिया चेम्बर अफ कमर्शसँग सहकार्य गरेर इन्डियासँगको व्यापारमा सहजता ल्याउने उनको मुख्य एजेन्डा रहेको छ ।

उनी आफू निर्वाचित हुनासाथ उत्तरी नाकामा सडकको अति नै दयनीय अवस्था रहेका कारण व्यवसायीलाई वर्खायाममा सामान आयात गर्न धेरै समस्या हुने भएकाले त्यसलाई मध्यनजर गर्दै पूर्वाधार विकासका लागि सरोकारवाला निकायहरुमा पहल गर्ने प्रतिवद्धता रहेको छ । त्यस्तै ट्रक, कन्टेनरहरु व्यवसायीहरुसँग समन्वय गरेर व्यवस्थापन र सहजताका लागि पहल गर्ने उनको भनाई छ ।

त्यस्तै आन्तरिक राजश्वमा हुने व्यवसायीहरुका समस्यालाई समाधान गर्न लागिपर्ने व्यवसायीमा हुने शिथिलतालाई सफलता दिलाउन विभिन्न नियामक निकायहरुसँग प्रयास गर्ने प्रमुख प्रतिवद्धता रहेको छ ।

पराजुलीले व्यवसायीका हकहित मात्र नभएर विभिन्न सामाजिक संस्थाहरुसँग जोडिएर सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याउँदै आएका छन् । रक्तदानका कार्यक्रमहरु संचालन गर्दै रगत अभावभएका बिरामीहरुका लागि रगतपूर्ति गर्ने काम गरेका छन् । बाढी, पहिरो, कोरोना, भुकम्पजस्ता महामारीमा पनि उनको सहयोग रहँदै आएको छ । विद्यालयहरुमा शैक्षिक सामाग्री हस्तान्तरण, गरिबदुखीलाई खाद्यन्न, लत्ताकपडाहरु पनि वितरण गर्दै आईरहेका छन् ।

संघको चुनाव नजिकिदै गर्दा उनी पितृशोकमा परेका छन् । त्यसकारण व्यवसायीहरुसँग बसेर आफ्ना कुराहरु राख्न असमर्थ भएका कारण उनले सम्पुर्ण व्यवसायीहरुलाई अत्याधिक मतदान गरि संघको महासचिव पदमा विजयी गराउन सबै व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *