रञ्जना व्यापार संघका नवनिर्वाचित कार्यसमितिले संघका निवर्तमान कार्यसमितिलाई सम्मान गरेको छ ।

काठमाडौंको साँखुस्थित नर्लिङ रिर्सोटमा संघले आयोजना गरेको बनभोज कार्यक्रमका बिच संघकी निवर्तमान अध्यक्ष बिना श्रेष्ठ र उपाध्यक्ष बसन्त फूँयाललाई अध्यक्ष हरिप्रसाद पाण्डेले सम्मान गरेका हुन् ।

रञ्जना व्यापार संघका नवनिर्वाचित कार्यसमितिद्धारा निवर्तमान समितिलाई सम्मान
निवर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा संघलाई थप उचाईमा लैजान सफल भएको बताउँदै संघका अध्यक्ष पाण्डेले नयाँ कार्यसमितिले पनि ती कार्यलाई अनुसरण गर्दै लैजाने बताए । अघिल्लो कार्यकालमा गर्न नसकेका अधुरा कार्यहरुलाई आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता समेत उनले जनाए ।
रञ्जना व्यापार संघका नवनिर्वाचित कार्यसमितिद्धारा निवर्तमान समितिलाई सम्मान
अझै पनि व्यापारीका थुप्रै समस्याहरु यथावत् नै रहेको बताउँदै अध्यक्ष पाण्डेले त्यस्ता समस्याहरु समाधान गर्न आफू कटिबद्ध भएर लाग्ने विश्वास दिलाए । साथै सामाजिक कार्यहरुलाई पनि उत्तिकै प्राथमिकताका साथ गर्दै जाने बताए ।

त्यस्तै संघकी निवर्तमान अध्यक्ष श्रेष्ठले वर्तमान कार्यसमितिले आफूलाई गरेको सम्मानप्रति खुशी व्यक्त गरिन् । आफू कार्यकालमा रहँदा सम्पुर्ण कार्यसमितिको साथ र सहयोगका कारण नै व्यवसायी हितका थुप्रै कार्यहरु गर्न सफल भएको बताईन् ।

रञ्जना व्यापार संघका नवनिर्वाचित कार्यसमितिद्धारा निवर्तमान समितिलाई सम्मान
उनले संघ रञ्जना मलमा मात्र सिमीत नरहेर विभिन्न ठाउँहरुमा आफ्नो स्थान बनाउँदै आएको समेत जानकारी दिईन् । संघले व्यापारीहरुका समस्यालाई राज्यका विभिन्न निकायहरुमा आवाज उठाउँदै आएको र आफू कार्यकालमा रहदाँ थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको बताइन् । उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै संस्थाप्रति आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता जनाईन् ।
रञ्जना व्यापार संघका नवनिर्वाचित कार्यसमितिद्धारा निवर्तमान समितिलाई सम्मान

कोरोनाको जटिल परिस्थितिमा आफ्नो कार्यभार सम्हालेको समितिले व्यवसायीहरुका समस्यालाई अग्र स्थानमा राख्दै कोरोनाले थला पारेको व्यवसायलाई माथि उकास्न सरोकारवाला निकायहरुलाई पटक–पटक ध्यानाकार्षण गराएको थियो । साथै संघले रक्तदान लगायतका सामाजिक कार्यहरु पनि निरन्तर गर्दै आएको छ । कोरोना, भुकम्प, बाढीपहिरो, अनाथ, असाहय दुःखी गरिबहरुका लागि संघको साथ सहयोग विगतदेखि नै रहँदै आएको छ ।
रञ्जना व्यापार संघका नवनिर्वाचित कार्यसमितिद्धारा निवर्तमान समितिलाई सम्मान
त्यस्तै संघमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले वृहत् बनभोज कार्यक्रम सम्पन्न गरेका छन् । संघका उपाध्यक्ष दिपेन्द्र क्षेत्रीको संयोजकत्वमा रञ्जना मलका व्यवसायी र कर्मचारी गरि करिब ६ सय जनाको वृहत् बनाभोज गत शनिवार भव्यताका सम्पन्न भएको छ । कार्यक्रमलाई रोचक बनाउँन नाचगान, हाँडी फुटाउने, चिठ्ठा लगायतका खेलहरु भएका थिए । भने कार्यक्रममा संघका पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष साथै सम्पुर्ण व्यापारी व्यवसायीहरुको व्यापक उपस्थिति रहेको थियो ।
रञ्जना व्यापार संघका नवनिर्वाचित कार्यसमितिद्धारा निवर्तमान समितिलाई सम्मान
रञ्जना व्यापार संघका नवनिर्वाचित कार्यसमितिद्धारा निवर्तमान समितिलाई सम्मान