बढ्यो डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य (मूल्यसूचिसहित)

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यमा वृद्धि भएपछि नेपाल आयल निगमले वृद्धि गरेको हो ।

अबको नयाँ मूल्य पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ भएको छ । त्यस्तै, डिजेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै, एलपीजी ग्यास पनि १८९५ बाट बढेर १९१० रुपैयाँ पुगेको छ ।

वृद्धि भएको मूल्य आजै रातिदेखि लाग्र हुने निगमले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *