काठमाडौंको पद्मोदयमोडमा ‘जुत्ता एक्सचेन्ज’ मेलाको ११ औं संस्करण आजबाट सुरु भएको छ ।

विगत लामो समयदेखि दशैं, तिहार र बिवाहको समयलाई लक्षित गरि आयोजना गरिदै आएको जुत्ता एक्सचेन्ज मेलामा नेपालका प्रख्यात ब्राण्ड केटिएम, सम्राट, भेनस र स्मार्ट सुजका १ हजार भन्दा बढी डिजाइनका जुत्ताहरु उपलब्ध रहेका छन् ।

काठमाडौंको पद्मोदयमोडमा ‘जुत्ता एक्सचेन्ज’ मेलाको ११ औं संस्करण सुरु
एक्सचेन्ज मेलामा पुरानो जस्तोसुकै जुत्ताको मुल्य ५ सय रुपैया मुल्यांकन गरिने र नयाँ जुत्तामा थप २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए । मेलाकै लागि भनेर नयाँ र लेटेस्ट डिजाइनका जुत्ताहरु ग्राहकहरुकै रुचिअनुसार उपलब्ध गराएको उनको भनाई छ ।

मेलामा पार्टी सुज, क्याजुवल सुज, स्पोर्ट सुज, अफिस सुज, स्कुल सुज, बुट, लेदर सुज, लोफर सुज र स्टिल लगायतका १५० भन्दा बढी नयाँ डिजाइनका जुत्ताहरु भर्खरै मात्र लन्च भएर आएको र सस्तो मुल्यमा ६ महिनाको वाटेन्टीसहित पाउन सकिने अर्का आयोजक तथा भेनस सुजका प्रवन्ध निर्देशक जीवन श्रेष्ठ बताउँछन् ।

काठमाडौंको पद्मोदयमोडमा ‘जुत्ता एक्सचेन्ज’ मेलाको ११ औं संस्करण सुरु
नेपाली ब्राण्डका जुत्ताचप्पलहरु विदेशी भन्दा आकर्षक, टिकाउयुक्त, कन्फर्टेवल र उच्च गुणस्तरका हुनुका साथै सस्तो मुल्यमा बिक्रीवितरण गर्दै आएको बताउँदै उनले ग्राहकहरुकै रोजाई अनुसारका जुत्ताहरु मेलामा पाउन सकिने बताए ।

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने मेला आयोजकको भनाई छ ।

काठमाडौंको पद्मोदयमोडमा ‘जुत्ता एक्सचेन्ज’ मेलाको ११ औं संस्करण सुरु
काठमाडौंको पुतलीसडकस्थित पद्मोदयमोडको मुखैमा संचालनमा आएको एक्सचेन्ज मेला सीमीत अवधिको लागि मात्र रहने बताउँदै आयोजक महतोले पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने मौकाको फाइदा उठाउँन आग्रह गरेका छन् ।
काठमाडौंको पद्मोदयमोडमा ‘जुत्ता एक्सचेन्ज’ मेलाको ११ औं संस्करण सुरु
पछिल्लो समय ग्राहकहरुको प्रमुख रोजाई बन्न सफल केटिएम सुज र भेनस सुजका ब्राण्डहरु अहिले हरेक नेपालीमाझ लोकप्रिय बनिरहेका छन् । सस्तो मुल्यमा गुणस्तरिय टिकाउयुक्त र विदेशी जुत्तासँग प्रतिस्पर्धा गर्न सक्ने विशुद्ध नेपाली ब्राण्डले देशैभर आफ्नो शाखा बिस्तार गरेर हरेक नेपालीमाझ नेपाली उत्पादनको जुत्ता पु¥याउन लागिपरिरहेको छ ।