काठमाडौंको पद्मोदयमोडमा ‘जुत्ता एक्सचेन्ज’ मेलाको ११ औं संस्करण सुरु
- माघ १६, २०८०
- 0

काठमाडौंको पद्मोदयमोडमा ‘जुत्ता एक्सचेन्ज’ मेलाको ११ औं संस्करण आजबाट सुरु भएको छ ।
विगत लामो समयदेखि दशैं, तिहार र बिवाहको समयलाई लक्षित गरि आयोजना गरिदै आएको जुत्ता एक्सचेन्ज मेलामा नेपालका प्रख्यात ब्राण्ड केटिएम, सम्राट, भेनस र स्मार्ट सुजका १ हजार भन्दा बढी डिजाइनका जुत्ताहरु उपलब्ध रहेका छन् ।एक्सचेन्ज मेलामा पुरानो जस्तोसुकै जुत्ताको मुल्य ५ सय रुपैया मुल्यांकन गरिने र नयाँ जुत्तामा थप २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए । मेलाकै लागि भनेर नयाँ र लेटेस्ट डिजाइनका जुत्ताहरु ग्राहकहरुकै रुचिअनुसार उपलब्ध गराएको उनको भनाई छ ।
मेलामा पार्टी सुज, क्याजुवल सुज, स्पोर्ट सुज, अफिस सुज, स्कुल सुज, बुट, लेदर सुज, लोफर सुज र स्टिल लगायतका १५० भन्दा बढी नयाँ डिजाइनका जुत्ताहरु भर्खरै मात्र लन्च भएर आएको र सस्तो मुल्यमा ६ महिनाको वाटेन्टीसहित पाउन सकिने अर्का आयोजक तथा भेनस सुजका प्रवन्ध निर्देशक जीवन श्रेष्ठ बताउँछन् ।नेपाली ब्राण्डका जुत्ताचप्पलहरु विदेशी भन्दा आकर्षक, टिकाउयुक्त, कन्फर्टेवल र उच्च गुणस्तरका हुनुका साथै सस्तो मुल्यमा बिक्रीवितरण गर्दै आएको बताउँदै उनले ग्राहकहरुकै रोजाई अनुसारका जुत्ताहरु मेलामा पाउन सकिने बताए ।
नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने मेला आयोजकको भनाई छ ।काठमाडौंको पुतलीसडकस्थित पद्मोदयमोडको मुखैमा संचालनमा आएको एक्सचेन्ज मेला सीमीत अवधिको लागि मात्र रहने बताउँदै आयोजक महतोले पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने मौकाको फाइदा उठाउँन आग्रह गरेका छन् ।
पछिल्लो समय ग्राहकहरुको प्रमुख रोजाई बन्न सफल केटिएम सुज र भेनस सुजका ब्राण्डहरु अहिले हरेक नेपालीमाझ लोकप्रिय बनिरहेका छन् । सस्तो मुल्यमा गुणस्तरिय टिकाउयुक्त र विदेशी जुत्तासँग प्रतिस्पर्धा गर्न सक्ने विशुद्ध नेपाली ब्राण्डले देशैभर आफ्नो शाखा बिस्तार गरेर हरेक नेपालीमाझ नेपाली उत्पादनको जुत्ता पु¥याउन लागिपरिरहेको छ ।