सवा २ करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ

news-details

राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।

बिहीबार राति विभागको टोलीले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा ३ हजार डलर र २ करोड १५ लाख रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ ।

अग्रवालसँगै थप २ जना सहयोगीलाई पनि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । अरु २ जनाको नाम भने खुलाइएको छैन ।

अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीमाथि कर चुहावटको आरोप लागेको छ ।

अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो ।

उनीमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *