सवा २ करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ
- माघ ५, २०८०
- 0

राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।
बिहीबार राति विभागको टोलीले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा ३ हजार डलर र २ करोड १५ लाख रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ ।
अग्रवालसँगै थप २ जना सहयोगीलाई पनि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । अरु २ जनाको नाम भने खुलाइएको छैन ।
अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीमाथि कर चुहावटको आरोप लागेको छ ।
अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो ।
उनीमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
0 प्रतिक्रिया
स्कटल्याण्ड विरुद्ध लो स्कोरिङ थ्रिलरमा नेपालको संघर्षपूर्ण जित

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य […]
रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, […]
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर […]
सदन अवरोध खुलाउन सभामुख र प्रमुख पाँच दलका सचेतकबीच छलफल

रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा […]