५० प्रतिशत छुटसहित विराटनगरमा सुरु भयो ‘ विराटनगर नेपाली जुत्ताघर’

news-details

विराटनगरमा प्रख्यात नेपाली ब्राण्डका जुत्ताचप्पलहरुको व्यापार मेला संचालनमा आउने भएको छ । विराटनगरस्थित पहिले सुरभी रिटेल भएको ठाउँमा यही माघ १ गतेबाट संचालनमा आउन लागेको जुत्ता मेला जाडो मौसम, विवाह तथा व्रतबन्धलाई लक्षित गरि आयोजना गरिएको हो ।उक्त मेलामा हरेक जुत्ताचप्पल खरिदमा १ वर्षको वारेन्टीसहित १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।

विराटनगर नेपाली जुत्ताघरमा चर्चित नेपाली ब्राण्डहरु केटिएम सुज, हाई लाइफ, सम्राट सुज, सिल्स र बेल्ली सुजका १ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल रहेको आयोजक महतोले बताए । आर्थिक मन्दीका कारण देशमा अर्थतन्त्र चलायमान नहुँदा ग्राहक र उद्योगीलाई नै असर परेको बताउँदै उनले सबैलाई सहज होस् भन्नका लागि उत्पादन मुल्यमा नै जुत्ता बिक्री गरि उद्योगलाई चलायमान गराउन मेला आयोजना गरेको बताए ।

जुत्ता उत्पादक कम्पनी आफैंले मेला आयोजना गरेकोे हुनाले एजेन्सी, होलसेलर, रिटेलरको सबै खर्च कटाएर जुत्ता बिक्रि गरिने भएको हुनाले ग्राहकहरुले सस्तो मुल्यमा जुत्ता पाउने आयोजक महतो बताउँछन् ।यसअघि पनि काठमाडौं, चितवन, जनकपुर लगायत देशका मुख्य शहरहरुमा पटक–पटक मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले विराटनगरमा पनि मेला आयोजना गरिएको उनको भनाई छ ।

धेरै नेपालीहरुले रुचाईसकेका प्रख्यात नेपाली ब्राण्डका जुत्ताहरु विराटनगरवासीले पनि रुचाउनेमा आयोजक ढुक्क छन् ।

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजकको दावी छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि विराटनगरमा खोलिएको विराटनगर नेपाली जुत्ता घर सार्थक हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *