प्राधिकरणले जोडिदियो लाइन काटिएका २३ वटै उद्योगको बिजुली

news-details

नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ। गएराति १० बजेसम्म सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महशुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले पनि महसुल बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय समिति गठनको निर्णय गर्दै प्राधिकरणलाई लाइन जोडिदिन निर्देशन समेत दिएको थियो।

अब समितिले बक्यौता विवाद समाधानका लागि काम गर्नेछ। प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा धेरै बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो। त्यसमध्ये हिमाल स्टीलले बक्यौता किस्ताबन्दीमा तिर्न थालेपछि लाइन जाडिएको थियो।

उद्योगमा लाइन काटिएपछि मजदुर आन्दोलित बनेका थिए। ट्रङ्क र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *