लाइन काटिएका उद्योगमा पुन: विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

news-details

नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा पुन: लाइन जोड्ने निर्णय गरेको छ ।

आज बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन जोड्न निर्णय गरेको हो । यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइन विद्युतको बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको थियो ।

मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोडिदिन निर्देशन दिएपछि प्राधिकरणले पुन: जोडन लागेको हो ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *