चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

news-details

चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले १५१५ मत पाए भने पन्तले ८४३ मत ल्याए । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । पन्त तृतीय उपाध्यक्ष थिए ।

अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भए ।

महिला सदस्यमा अस्मिता रिजाल विजय भइन् । उद्योगतर्फका सदस्यमा इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, अशोककुमार श्रेष्ठ, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ विजयी भए ।

वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल सुनिता लिगल कर्माचार्य विजयी भए ।

वस्तुगततर्फ ४ जना, कर्पोरेटतर्फ २ जना, क्षेत्रियतर्फ १ जना गरेर ७ जना यसअघि नै सर्वसम्मत भैसकेका थिए ।

कुल मतदाता २ हजार ९७४ रहेकोमा २ हजार ४१४ मत खसेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *