समय अनुकुलको खरिद ऐन चाँडै आउँछ : मन्त्री ज्वाला

news-details

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समय अनुकुल नयाँ खरिद ऐन चाँडै ल्याउने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले समय परिस्थिति परिवर्तन भएतापनि पुरानै खरिद ऐनबाट चल्नुपर्दा विकास निर्माणको काम प्रभावकारी रुपले हुन नसकेको बताए । जसका लागि चाँडै समय अनुकुल नयाँ खरिद ऐन आउने बताएका हुन् ।

उनले भने, ‘विकास निर्माणको सवालमा कुरा गर्दा धेरै वर्ष अगाडि ऐन बन्यो । समय र परिस्थिति धेरै परिवर्तन भइसक्यो । तर पुरानै अवस्थाको खरिद ऐन हामीले बोक्नुपरेको छ । त्यसैबाट हामी चल्नुपरेको छ । त्यसले पनि समस्या उत्पन्न गरेको छ । यो विषय मन्त्रिपरिषद्सम्म पुगेको छ । अब नयाँ खरिद ऐन आउँछ । समयानुकुल र समसामयीक सन्दर्भलाई सम्बोधन गर्नेगरी ऐन चाँडै संसदमा पेस गर्नेछौं ।’

उनले सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन अहिले संशोधनको प्रक्रियामा रहेको भन्दै कानुनलाई नयाँ रुपमा अगाडि बढाउने जानकारी दिए । सवारी लाइसेन्स, यातायात व्यवसायीहरुको सवाल जस्ता तमाम समस्या सम्बोधन हुनेगरी चाँडै ऐन ल्याउने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *