राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाले लिए राष्ट्र बैंकका गभर्नर समक्ष शपथ

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका छन ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय बृद्धिमा बैंक लाग्नुपर्ने बताए ।

बैंकका नवनियुक्त अध्यक्ष ढुङ्गानाले बैंकिङ्ग क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराए ।

साथै श्रेष्ठले बैंकले हालै जाजरकोट केन्द्रबिन्दु भई भूकम्प प्रभावित क्षेत्रमा राष्ट्र बैंकले आवास कर्जा लगानी गर्दा आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी लिन सक्ने भनेता पनि यस बैंकले एक प्रतिशत मात्र प्रिमियम लिई आवास कर्जा लगानी गरी समाज प्रति उत्तरदायीपूर्ण कार्य गरिरहेको जानकारी दिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *