सूर्य दर्शन सहकारी ठगी प्रकरणमा महेन्द्र भोटे र भविश्वर कारागार चलान
- पुस १८, २०८०
- 0
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा हिजो अदालतमा आत्मसमर्पण गरेका पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल कारागार चलान भएका छन् ।
उनीहरूलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । यसअघि उनीहरू फरार रहँदै आएका थिए ।
मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
पोखरामा गितेन्द्र (जीबी) राईको समूहले खोलेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
0 प्रतिक्रिया
साझा सेवाको ४०औं साधारण सभा एवं पुरस्कार वितरण सम्पन्न
साझा सेवाको ४० औं साधारण सभा एवं कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । काठमाण्डौको […]
पृथ्वी जयन्तिको अवसरमा राप्रपाको चियापान कार्यक्रम, प्रधानमन्त्रीसहितको सहभागिता
प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित […]
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन् । शनिबार नेपाल मसलन्द तथा […]
चन्द्रपुरमा माघी महोत्सव हुने
माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै […]
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा […]