महशुल नतिर्ने थप १४ उद्योगको विद्युत् काटियो

news-details

नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड फिडर’ एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महशुल नतिरेको भन्दै थप १४ वटा उद्योगको लाइन काटेको छ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा धेरै विद्युत् बक्यौता भएका थप १४ उद्योगमा विद्युत आपूर्ति बन्द गरेको जनाएको छ। शुक्रबार लाइन काटिएकामध्ये बाबा जुट मिलको ९५ करोड ६१ लाख रुपैयाँ, निगाले सिमेन्टको १४ करोड २१ लाख, त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजको १५ करोड ६६ लाख र हिमाल आइरन एण्ड स्टिलको ८ करोड १३ लाख बक्यौता छ। जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख, हामा आइरनको ११ करोड ५५ लाख, एभरेष्ट पेपर मिलको २१ करोड ३६ लाख रुपैयाँ बक्यौता छ ।

यसैगरी कसमस सिमेन्टको ३५ करोड ८२ लाख, शुभश्री अग्नि सिमेन्टको ३८ करोड १० लाख, जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख, घराना फुड्सको ५ करोड ९ लाख रुपैयाँ, सिद्धार्थ पेटप्लास्टको ५ करोड २४ लाख, बुटवल सिमेन्टको ३२ करोड ९८ लाख रुपैयाँ तथा नारायणी अस्पतालको ७८ करोड ४९ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

पुस ६ गते शुक्रबारदेखि प्राधिकरणले बक्यौता रहेका यस्ता उद्योगको लाइन काट्न शुरु गरेको थियो। प्राधिकरणले बक्यौता बुझाउन बाँकी ६१ उद्योगमध्ये यसअघि ९ वटा उद्योगको लाइन काटिसकेको छ । हालसम्म २३ उद्योगको लाइन काटिएको र महसुल नतिर्नेको क्रमशः लाइन काट्दै जाने प्राधिकरणले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *