अरुण बरुण बहुउद्देश्यिय सहकारी संस्थाको अध्यक्षमा पुनः कटुवाल

news-details

अरुण बरुण बहुउद्देशिय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा तथा अधिवेशनले पुनः ईश्वरकाजी कटुवाललाई अध्यक्षमा चयन गरेको छ ।

आज सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले अध्यक्षमा कटुवाललाई दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा जनक पौडेली, सचिवमा दिपन शाक्य, कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा प्रजिना शाक्य, निर्मला गुरुङ, सुमन गौतम, रोहित कार्की, सन्तोष खत्री, सन्देश ओझा र उत्तम दाहाल चयन भएका छन् ।संस्थापक अध्यक्ष समेत रहेका कटुवालाले आफूले संस्थाप्रति पु¥याएको योगदानको कदर गर्दै पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गराएकोमा खुशी व्यक्त गरे । सम्पुर्ण पदाधिकारीको साथ र सहयोगले नै संस्था यो उचाईसम्म आउन सफल भएको भन्दै उनले आगामी कार्यकालमा संस्थालाई थप उचाईमा पु¥याउन आफू लगायत सम्पुर्ण कार्यसमिति कटिवद्ध भएर लाग्ने समेत विश्वास दिलाए ।अरुण बरुण बहुउद्देशिय सहकारी संस्था लिमिटेडले स्थापनाकालदेखि नै सहुलियत दरमा वचत तथा ऋण प्रवाह गर्दै आईरहेको छ ।

त्यस्तै सस्थाले आर्थिक कारोबार मात्र नभएर विभिन्न सामाजिक कार्यहरु पनि गर्ने गरेको अध्यक्ष कटुवालले जानकारी दिए । कोरोनाको समयमा खाद्याान्न तथा आर्थिक सहयोग, वृक्षरोपण लगायत विभिन्न खेलकुदहरुमा आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

साथै आगामी दिनमा संस्थाले समाजसँग प्रत्यक्ष रुपमा जोडिएर स्वास्थ्य शिविर, योगा शिविर जस्ता कार्यक्रमहरुको आयोजना गर्ने लक्ष्य रहेको अध्यक्ष कटुवालले बताए ।

अरुण बरुण सहकारी संस्थाको केन्द्रीय कार्यालय खाँदबारी र तुम्लिङटारमा समेत शाखा कार्यालय स्थापना गरि कारोबार भइरहेको छ । संस्थाले यो बर्षमात्रै ३ करोड ६५ लाख रुपैया बराबरको कारोबार गरेको छ भने संस्थाले १० लाख रुपैया नाफा कमाएको अध्यक्ष कटुवालले जानकारी दिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *