स्टार्टअप इनोभेसन सेन्टर सञ्चालनमा आउने

news-details

काठमाडौं जिल्ला समन्वय समिति र स्टार्टअप हब नेपालले संयुक्त रुपमा स्टार्टअप इनोभेसन सेन्टर सञ्चालनमा ल्याउने भएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेन्टर सञ्चालनको सम्झौता भएको जानकारी दिइएको हो ।

स्टार्टअप इनोभेसन सेन्टर सञ्चालनमा ल्याउने विषयमा भएको सम्झौतामा काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी र स्टार्टअप वर्ल्डकप नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार काठमाडौं जिल्ला समन्वय समितिको भवनमा देशमा रहेका उच्च सम्भावनायुक्त स्टार्टअपहरुलाई मेन्टरसिप, पोलिसी गाइडेन्स, एक्सपर्ट सहजिकरण तथा लगानी सहजीकरण लगायतका सुविधाहरु दिईने छ ।

स्टार्टअप ईन्कुवेशनबाट नेपालले स्टार्ट वर्ल्डकपमा राम्रो उपस्थिति जनाउने, स्थानीय तथा राष्ट्रिय तहमा उन्नयन ल्याउने लगायतका अपेक्षा गरिएको अध्यक्ष डाक्टर पोखरेलले बताए ।

स्टार्टअप वर्ल्डकप विश्वका १ सय मुलुकका स्टार्टअपहरुबीचको प्रतिस्पर्धा हो । नेपालबाट हालसम्म ३ सिजनमा गरि ३ जना स्टार्टअपले सिलिकन भ्यालीमा प्रतिस्पर्धा गरिसकेका छन् ।

स्टार्टअप विश्वकपको विश्वविजेता स्टार्टअपले १ मिलियन डलर (करिब १३ करोड नेपाली रुपैंया) बराबरको लगानी पुरस्कार पाउदछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *