माछापुच्छ्रे बैंकको सीईओमा पुनः कोइराला नियुक्त
- पुस ५, २०८०
- 0
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त भएका छन ।
बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले कोइरालालाई दोश्रो कार्यकाल सीईओ नियुक्त गरेको हो । साढे २ दशक देखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले आगामी चार बर्ष माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।
‘माछापुच्छ्रे बैंकलाई थप विश्वसनीय, अनुशासित र व्यवसायीक रुपले अब्बल बैंकका रुपमा अघि बढाउन मेरो दोश्रो कार्यकाल पनि केन्द्रित गर्नेछु’, दोश्रो कार्यकालका लागि नियुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिदै कोइरालाले भने ।
कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । कोर बैंकिङ व्यवसाय तथा अपरेशनमा अब्बल कोइरालाको नेतृत्वमा बैंकले थप प्रगति गर्ने विश्वाससहित सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालका लागि सीईओ नियुक्त गरिएको बताएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










