माछापुच्छ्रे बैंकको सीईओमा पुनः कोइराला नियुक्त

news-details

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त भएका छन ।

बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले कोइरालालाई दोश्रो कार्यकाल सीईओ नियुक्त गरेको हो । साढे २ दशक देखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले आगामी चार बर्ष माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

‘माछापुच्छ्रे बैंकलाई थप विश्वसनीय, अनुशासित र व्यवसायीक रुपले अब्बल बैंकका रुपमा अघि बढाउन मेरो दोश्रो कार्यकाल पनि केन्द्रित गर्नेछु’, दोश्रो कार्यकालका लागि नियुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिदै कोइरालाले भने ।

कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । कोर बैंकिङ व्यवसाय तथा अपरेशनमा अब्बल कोइरालाको नेतृत्वमा बैंकले थप प्रगति गर्ने विश्वाससहित सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालका लागि सीईओ नियुक्त गरिएको बताएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *