चितवनको भरतपुरमा अत्याधुनिक शोरुमसहित संचालनमा आएको ‘चितवन नेपाली जुत्ता घर’ मा हिउँदे जुत्ता एक्सचेञ्जको अफर रहेको छ ।

भरतपुरमा रहेको गङगोत्री मार्ग, (होटल गङगोत्री अगाडि) पहिलो तलामा संचालनमा आएको अत्याधुनिक शोरुममा जाडो महिनामा लक्षित गरेर पुरानो जुत्तासँग नयाँ साट्न पाउने अफरका साथ शुरु भएको हो ।

चितवन नेपाली जुत्ता घरमा नेपालको प्रख्यात ब्राण्ड केटिएम सुज र सम्राट सुजका आधुनिक डिजाइनका जुत्ता चप्पल रहेका छन् ।

‘चितवन नेपाली जुत्ताघर’ हिउँदे एक्सचेञ्ज अफर, स्थानीयको आकर्षण बढ्दै

चितवनबासीका लागि स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता एक्सचेञ्ज अफरसहित सस्तो मुल्यमा उपलब्ध गराउनका लागि चितवन जुत्ता घर संचालनमा आाएको जानकारी मेला आयोजक प्रमोद महतोले दिए ।

जुत्ता एक्सचेञ्जसहित शुरु भएको जुत्ता घरमा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनेछ । पुरानो जुत्ता ल्याउनेलाई २५ प्रतिशत छुटमा अझै ५ सय रुपैया मुल्यांकन गरेर घटाएर नयाँ जुत्ता दिइने आकर्षक अफर रहेको आयोजक महतोको भनाई छ ।

चितवनबासीलाई स्वदेशी उत्पादनका नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको महतोको भनाई छ ।

‘यसअघि पनि काठमाडौंमा पटक–पटक एक्सचेञ्ज मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले चितवनमा एक्सचेञ्ज मेला आयोजना गरिएको छ’ आयोजक महतोको भनाई छ ।

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले २ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता सार्वजनिक गरिएको जनाइएको छ । मेलामा एक हजारभन्दा बढि नयाँ नयाँ डिजाइन जुत्ता उपलब्ध छन् ।

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजकको दावी छ । ‘उत्पादक मुल्यमा नै जुत्ता उपलब्ध गराउने विशेष प्रमोशनल अफर ल्याएका छौं, उपभोक्तालाई फाइदा नै फाइदा मात्र दिएका छौं’ महतोको भनाई छ ।

हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि चितवनमा खोलिएको चितवन नेपाली जुत्ता घर सार्थक हुने अपेक्षा गरिएको छ ।

‘चितवन नेपाली जुत्ताघर’ हिउँदे एक्सचेञ्ज अफर, स्थानीयको आकर्षण बढ्दै

‘चितवन नेपाली जुत्ताघर’ हिउँदे एक्सचेञ्ज अफर, स्थानीयको आकर्षण बढ्दै