उखुको खरिद मूल्य तोकियो, किसानले अनुदानसहित प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

news-details

सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान गरी ६३५ रुपैया मुल्य तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माले भनिन्,‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य जुन छ, त्यसलाई उद्योगले रु ५ सय ६५ प्रतिक्विन्टल दिनुपर्ने निर्णय भयो र उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *