सरकारले कर्जा सूचना विधेयक फिर्ता पठाउने

news-details

सरकारले कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयकमा प्रस्तावित केही प्रावधान सच्याउन सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन ।

उनले भनिन्, ‘सम्बन्धित समितिबाट नै आएका विषयमा कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फर्काउने निर्णय भएको छ । केही सच्याउन आवश्यक देखिएकाले फेरि सच्याएर ल्याउन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको हो ।’

त्यस्तै बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०८० स्वीकृत गर्ने निर्णय गरेको पनि उनले जानकारी दिइन् ।

बैठकले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिवास खण्डमा पर्ने घर, टहरा तथा जग्गाको मआब्जा, क्षतिपूर्ति तथा राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने, हातहतियार खरखजाना नियमावली (बाह्रौं संशोधन), २०८० स्वीकृत गर्ने र राष्ट्रिय वृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *