अर्थतन्त्रका सूचक अत्यन्तै सकारात्मक छन् : अर्थमन्त्री महत

news-details

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक अवस्था समग्रमा सकारात्मक र राम्रो भएको दाबी गरेका छन् । उनले आर्थिक सूचकहरु पनि अत्यन्तै सकारात्मक भएको बताए ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले पूँजीगत खर्च ६ प्रतिशतले बढेको, राजस्वतर्फ भन्सार दर महशुलमा १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ७ दशमलब १९ प्रतिशत, आयकरतर्फ १२ प्रतिशतले वृद्धि भएको तथा समग्रमा ७ दशमलब ५७ प्रतिशतले राजस्वमा वृद्धि भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारोन्मुख भएको बताएका हुन् ।

अपेक्षा गरेकोभन्दा कम राजस्व उठेपनि अर्थतन्त्रको सूचकहरु अहिले अत्यन्तै सकारात्मक बन्दै गएको, मौद्रिक नीति दर घटाउँदा बैंकहरुले ब्याजदर घटाउनमा मद्दत पुगेकोले ऋणीहरुलाई समेत राहत हुने अर्थमन्त्री महतले बताए ।

उनले भने, ‘मौद्रिक नीति दर घटाउँदा बंैकहरुले विस्तारै घोषणा गर्न थालेकोले ब्याजदर पनि कम हुँदै जाने अवस्था छ । यसले ल्यान्डिङ विस्तार हुने अवस्था अब आउँछ । जसले ऋण लिएका थिए उनीहरुलाई पनि राहत पुग्छ । बैंकहरुको औसत आधार दर १० दशमलब ४८ प्रतिशत रहेकोमा हाल ९ दशमलब ९४ रहेको छ ।’

२०८९–०८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६८ दशमलब ५५ अर्ब ऋण प्रभाह भएकोमा अहिले १ सय ३० अर्ब पुगेको उनले बताए ।

‘अर्थतन्त्रमा पूँजी विस्तारै चलायमान हुँदै गएको छ । ०८० मसान्तसम्मा चालु खातामा ५९ अर्ब बचत र ९९ अर्बको शोधानान्तर बचत छ’ अर्थमन्त्री महतले भने, ‘१२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेकोले बाह्य परिवेशमा हामी सहज अवस्थामा छौं ।’

असोज मसान्तसम्म विप्रेषण ३० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *