नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत
- मंसिर २५, २०८०
- 0
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार अर्थमन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर सम्मेलनबारे सरोकारवालासंगको परामर्श बैठकमा उनले, सरकारले लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन सरकार तयार रहेको बताएका हुन् ।
लगानीकर्तालाई आर्कषण गर्न लगानीको वातावरणमात्रै नभएर उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको समेत ग्यारेन्टी हुुनुपर्ने कुरामा सरकार गम्भीर रहेको बताए ।
मुख्य गरी पर्यटन, कृषि तथा सूचना प्रविधिक्षेत्रमा लगानी भित्र्याउन सरकारले प्रयास गरिरहेको उनले बताए ।
सो अवसरमा सरोकारवालाले सरकारले गर्नु पर्ने तयारी र कामबारे प्रष्ट रुपमा सुझाव दिन आग्रह गरेका थिए ।
सरकार सो सम्मेलनअघि नै आवश्यक आधारभूत तयारी गर्न तयार रहेको पनि प्रष्ट पारे ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










