चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशत हुने राष्ट्र बैंकको प्रक्षेपण (पूर्णपाठसहित)

news-details

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा चारदेखि पाँच प्रतिशतसम्म आर्थिक वृद्विदर हुने प्रक्षेपण गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा पेश गरिएको विवरणमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले कात्तिकको मूल्यवृद्धिमा सुधार हुने संकेत देखिएको बताए । असोजसम्म मूल्यवृद्धि ७.५ प्रतिशत रहेको र यो गत वर्षको सोही अवधिको तुलनामा एक प्रतिशत विन्दु कम भएको उनले बताए ।

यो कात्तिकमा अझै सुधार हुने उनको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *