एनसेलको शेयर बिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बालुवाटारमा बैठक

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

मलेसियन लगानीकर्ता कम्पनी आजियाटाले नेपालमा दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो शेयर बेचेर बाहिरिने निर्णय गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक डाकेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मुख्यसचिव डा.बैकुण्ठ अर्याल लगायतको उपस्थिति छ ।

एनसेलको मुख्य लगानीकर्ता मलेसियाको आजियाटा कम्पनीले आफ्नो नाममा रहेका ८० प्रतिशत शेयर बेचेर नेपालबाट बाहिरिने घोषणा पश्चात अर्बौं रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित भइरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *