युवा व्यवसायी कटुवालले संचालनमा ल्याए ‘पाथिभरा ट्रिपल ए इन्टरप्राइजेज’

news-details

युवा व्यवसायी ईश्वर कटुवालले काठमाडौंको चावहिलमा ‘पाथिभरा ट्रिपल ए इन्टरप्राइजेजको’ सोरुम संचालनमा ल्याएका छन् ।

गत शनिवार काठमाडौंको चावहिल चौकमा उधोग वाणिज्य महासंघका उपाध्यक्ष शुरकृष्ण बैद्यले रिवन काटेर औपचारिक रुपमा उक्त सोरुमको समुद्घाटन गरेका हुन् ।

सोरुम उद्घाटनका क्रममा उपाध्यक्ष बैधले सफल व्यवसायीका यात्रको शुभकामना व्यक्त गरेका थिए । उनले ‘पाथिभरा ट्रिपल ए इन्टरप्राइजेज’ अन्य ठाउँमा पनि व्यवसाय विस्तर गर्न सफल हुने विश्वास व्यक्त गरे ।

अर्थतन्त्र सिथिल बनेका बेला पनि संखुवासभाबाट काठमाडौं आएर नयाँ व्यवसायको सुरुवात गर्नु प्रशसनीय भएको उपाध्यक्ष बैधले बताए । बैकले चर्को अर्थमन्त्रालय र राष्ट्र बैंकले पनि व्याजदर घटाउने प्रयास गरेको छ ।

उधोग वाणिज्य महासंघको प्रयासमा अर्थमन्त्रालय र राष्ट्र बैकका बैंकले व्याज दर घटाएर व्यवसायीक क्षेत्रलाई चलायमान गराउने प्रयास फलदायी बन्दै गएको बताए । बैंकहरुको व्याजदर सिंगल डिजिटमा भएमात्र व्यवासयीले राहतको महसुस गर्ने उनले बताए ।

उद्योग वाणिज्य महासंघको एजेण्डा पास भएसँगै सेयर वजार र घरजग्गा कारोवारमा स्वत ः बृद्धि हुने उनले बताए । व्यवसायीको हक हितका लागि आफूले सधै आवज उठाउदै आएको समेत उनले स्पष्ट पारे । अर्थतन्त्र चालयमान भए मात्र देश आर्थिक समस्याबाट मुक्ति पाउने उनले बताए ।

पाथिभर ट्रिपल ए इन्टर प्राइजेजका अध्यक्ष कटुवालले संखुवासभाको खाँदवारीमा समेत आफ्नो व्यापार गर्दै आएका छन । लामो व्यवसायीक अनुभव भएका युवा व्यवसायी कटुवालले परिवारका सदस्यहरुको सहयोगमा व्यवसायीक यात्रा अघि बढाएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *