पद्मोदयमोडमा जुत्ता एक्सचेन्ज मेला सुरु : पुरानोसँग नयाँ साट्न पाईने

news-details

काठमाडौंको पुतलिसडकस्थित पद्मोदयमोडमा जुत्ता एक्सचेन्ज मेला सुरु भएको छ ।

पुतलिसडकबाट भृकुटीमण्डप छिर्ने मोडैमा रहेको मेला जाडो मौसम र बिवाहलाई लक्षित गरि आयोजना गरिएको हो । मेलामा जस्तोसुकै डिजाइनका पुराना जुत्ताको पाँच सय रुपैया मुल्यांकन गरिने र थप २५ प्रतिशतसम्म छुटको समेत व्यवस्था रहेकोे आयोजकको भनाई छ ।मेलामा पार्टी सुज, क्याजुवल सुज, स्पोर्ट सुज, अफिस सुज, स्कुल सुज, बुट, लेदर सुज, लोफर सुज, स्टिल सुज आदि रहको र भर्खरै मात्र लन्च भएर आएका जुत्ताहरु एकदमै सस्तो मुल्यमा वाटेन्टीसहित पाउन सकिने केटिएम सुजका प्रबन्ध निर्देशक तथा मेला आयोजक प्रमोद महतोले जानकारी दिए ।एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरेका छन । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ ।स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने आयोजकको भनाई छ ।

त्यसैले तपाई पनि आफ्ना पुराना जुत्ता छन् भने नफाल्नुहोस् पुरानो जुत्तासँग नयाँ जुत्ता साटेर लैजाने यो सुनौलो अवसर नगुमाउनुहोस् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *