जनकपुर शोरुम शुभारम्भ गर्दै ‘बेलाको’का सिइओ बासिदले भने- ‘अबसर आफैं आउदैन, बनाउनु पर्छ’

news-details

देशको अबस्थाले मलाई कलिलो उमेरमा बैदेशिक रोजगारीका लागि विदेशिन बाध्य बनायो । विदेशमा रहँदा मैले सिकेको ज्ञान, सीप र सिकाइले मलाई छोटो समयमै परिपक्क बनाएको अनुभूति भएको छ । मैले त्यहाँ रहँदा सिक्दै जाने क्रममा आफ्नै देशका लागि केही गर्नु पर्छ भनेर धेरै पटक घोत्लिएँ । देशको माया विदेशमा बस्दा अझ बढी हुने रहेछ । त्यहाँ रहँदा स्वदेशका लागि केही गर्नै पर्छ भन्ने हुटहुटी ममा धेरै रह्यो ।

मेरो चाहनामा मेरा मातापिताले हौसला दिनु भयो । मेरो बुवा भन्नु हुन्थ्यो, तिमीहरु बैदेशिक रोजगारीको क्रममा बाहिर जान बाध्य भयौ, तिमीहरुका सन्ततीलाई बाहिर जानै पर्ने बाध्यता नपरोस् । त्यसका लागि तिमीहरुले केही गर्नु पर्छ । तिमीहरुका सन्ततीले आफ्नो देशको कला, संस्कृति, भाषा, संस्कार जान्नु जरुरी छ ।

यसरी मेरा मातापिताको मार्गदर्शनले मलाई स्वदेशमै उद्यम गर्ने प्रेरणा जागेको छ । त्यसको फलस्वरुप हामीले विदेशमा विक्रीवितरण गर्दै आएको बेलाको ब्राण्डलाई नेपालमा भित्राएका छौं । त्यसको सुरुवात हामीले आफ्नै गृहनगर, माता जानकीको पवित्रभूमी जनकपुरबाट गरेका छौं ।

मैले सुनेको थिएँ, विदेशबाट आएर नेपालमा लगानी गर्दा धेरै नीतिगत समस्याहरु झेल्नु पर्छ । यो पूर्णसत्य त होइन, तर समस्या भने पक्कै छ । ती समस्याहरुलाई पार गर्दै हामीले नेपालमा कम्पनी खोलेका छौं, र विदेशबाट लगानी भित्र्याएका छौं ।

नेपाल हाम्रो देश हो, त्यसैले नेपाल हामी नेपालीले नै मिलेरै बनाउनु पर्र्छ । त्यसका लागि सरकारले वातावरण पनि बनाउनु पर्छ । देशमा अबसर छैन भन्ने कुरा म मान्दिन, अबसर आफैं आउने हैन, अबसर बनाउने हो । यो युवाहरुको हातमा छ । सबै कुराले भरिपूर्ण भएको ठाउँमा मात्र नयाँ अबसर नहुने हो, जहाँ अभाव छ, त्यहाँ नयाँ–नयाँ अबसरहरु हुन्छन् । हेर्ने, खोज्ने, देख्ने आँखाहरु फरक हुनु पर्छ ।

हामीले नेपालमा बिक्री सुरु गरेको ब्राण्ड बेलाकोले घरायसी प्रयोगमा आउने विद्युतीय सामग्रीहरु उत्पादन गर्छ । यो ब्राण्ड बेलायत र कतारमा लोकप्रिय छ । ती दुई मुलुकपछि बेलाकोलाई हामीले नेपालमा भित्र्याउन सफल भएका छौं । मलाई विश्वास छ, बेलाको ब्राण्डका होम एप्लाइन्सेजले बेलायत र कतारका बासिन्दाको जस्तै नेपालीको पनि मन जित्ने छ ।

हाम्रो ब्राण्डले नयाँ टेक्नोलोजी प्रयोग गरेर उपकरणहरु निर्माण गर्छ । यसले आम मानिसको दैनिकीलाई सहज बनाउन सघाएको छ । हामीले हाम्रा उत्पादनको गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं ।

विदेशमा बनाएर घरघरमा पुर्याउँदै आएको बेलाको ब्राण्ड निकट भविष्यमै नेपालमै उत्पादन गर्ने तयारीमा छौं । यसले स्वदेशी सीप विश्वभर पुग्ने कुरामा हामी विश्वस्त छौं ।

म आफ्नो मुलुकमा मेरो ब्राण्डको प्रोमोसन गर्न मात्र आएको छैन । म नेपालमा युवाहरुलाई केही सन्देश पनि दिन आएको छु । म अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निबर्तमान युवा संयोजक पनि हुँ । मैले विदेशको भ्रमण गर्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीले विदेशमा बसेर ज्ञान, सीप र पूँजी आर्जन गरेको देखेँ । मैले उहाँहरुलाई विदेशमा रहँदा आफूले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई आफ्नै देशमा लगानी गर्नु पर्छ भनेर अनुरोध पनि गरेको छु । नेपालमा गरिने लगानी सुरक्षित छ भनेर हामीले देखाई सकेका छौ ।

सरकारले पनि नेपालमा गरेको लगानीलाई संरक्षण गर्ने र गैरआवासीय नेपालीले यहाँ लगानी गरेर कमाएको मुनाफा सहजै लैजान पाउने गरी कानुनी रुपमा सुनिश्चितता प्रदान गरेको छ । बाध्यताले विदेशीनु परेकाहरुलाई देशको माया धेरै छ । उहाँहरुले विदेशको नागरिकता, पिआर लिए पनि मातृभूमिलाई आजिवन भुल्न सक्नु हुने छैन । त्यसैले नेपाल बनाउन उहाँहरुले लगानी भित्र्याउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

नेपाल हाम्रो देश हो, त्यसैले नेपाल हामी नेपालीले नै मिलेरै बनाउनु पर्र्छ । त्यसका लागि सरकारले वातावरण पनि बनाउनु पर्छ । देशमा अबसर छैन भन्ने कुरा म मान्दिन, अबसर आफैं आउने हैन, अबसर बनाउने हो । यो युवाहरुको हातमा छ । सबै कुराले भरिपूर्ण भएको ठाउँमा मात्र नयाँ अबसर नहुने हो, जहाँ अभाव छ, त्यहाँ नयाँ–नयाँ अबसरहरु हुन्छन् । हेर्ने, खोज्ने, देख्ने आँखाहरु फरक हुनु पर्छ ।

नेपालमा अरुले ब्यवसाय बन्द गर्दै गर्दा हामीले ब्यवसाय सुरु गरेका छौं । पक्कै चुनौतीहरु छन्, तर ती सबै चुनौतीलाई पार गर्ने हामीमा दृढ अठोट छ, त्यसमा तपाइँहरु सबैको साथ सहयोग चाहिन्छ । त्यो सहयोग पाउने कुरामा म विश्वस्त छु ।

(जनकपुरमा शनिवार ‘बेलाको’ शोरुम उद्घाटन कार्यक्रममा सिइओ अब्दुल बासिदले राखेको मन्तब्य )

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “जनकपुर शोरुम शुभारम्भ गर्दै ‘बेलाको’का सिइओ बासिदले भने- ‘अबसर आफैं आउदैन, बनाउनु पर्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *