‘जाडोको बेला, भृकुटीमण्डपमा जुत्ता मेला’ शुरु, १० कम्पनीका जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुट

news-details

काठमाडौंको भृकुटीमण्डपमा ‘जाडोको बेला, भृकुटीमण्डपमा जुत्ता मेला’ संचालनमा आएको छ । नेपालका प्रतिष्ठत १० कम्पनीहरुको संयुक्त व्यवस्थापनमा आयोजित मेलामा १५ देखि ५० प्रतिशतसम्म बिशेष छुटको व्यवस्था रहेको जनाइएको छ ।

जाडो महिनाका साथै मंसिर महिनामा हुने विवाहका लागि लक्षित गरेर आयोजना गरिएको मेलामा बच्चादेखि बृद्धसम्मका लागि आधुनिक डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेका छन् ।

जाडो महिनामा आवश्यक पर्ने हरेक प्रकारका जुत्ताचप्पलका साथै विवाहका लागि चाहिने अत्याधुनिक डिजाइनका पार्टी सुज मेलामा उपलब्ध रहेको मेला आयोजक तथा भेनस सुजका संचालक जीवन श्रेष्ठले जानकारी दिए ।

मेलामा १० वटा ब्राण्डका आधुनिक डिजाइनका झण्डै २ हजार मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।

मेलामा सुल्याण्ड, शिखर सुज, बोस सुज, रन सुज, आइडियल सुज, वन वल्ड सुज, भेनस सुज, बेम्बो सुज, प्राइड स्वदेशी जुत्ताचप्पल र हिमानी सुजको नयाँ नयाँ जुत्ताचप्पलको सहभागिता रहेको छ ।

महिला, पुरुष, बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजकको भनाई छ । ‘जाडोको बेला भृकुटीमण्डपमा घाम ताप्दै एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्नुहुन्छ,’ आयोजक श्रेष्ठको भनाई छ ।

विगतमा भृकुटीमण्डपमा मेला आयोजना गरेर उपभोक्ताबाट आफूहरुले सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि अहिले जाडो तथा विवाह लक्षित मेला आयोजना गरेको अर्का आयोजक गंगा श्रेष्ठले बताए । ‘राम्रा राम्रा क्वालिटीका जुत्ता चप्पल विशेष छुटमा उपलब्ध गराएर ग्राहकलाई खुसी बनाउन सफल छौं,’ उनले भने ।

स्वदेशी उत्पादनका जुत्ताचप्पल लगाउने वानी बसाल्न र नेपाली उत्पादनलाई प्रवद्धन गर्नका लागि यो मेला सार्थक हुने आयोजकको दावी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *