‘जनकपुर नेपाली जुत्ता घर’ मा सुन र चाँदीको सिक्का जित्ने अफर

news-details

जनकपुरमा संचालन भइरहेको नेपाली उत्पादनका जुत्ताचप्पलको संयुक्त शोरुम ‘जनकपुर नेपाली जुत्ता घर’ मा तिहार तथा छठको अवसरमा ‘जुत्ता किनौ, सुन र चाँदीको सिक्का जितौ’ अफर शुरु भएको छ ।

प्रत्येक जुत्ता खरिद गर्दा लक्की ड्र कुपन दिएर हरेक दिन दुई जना भाग्यमानीलाई चाँदीको सिक्का उपहार दिइने र अन्तिममा एक पटक बम्पर उपहारको रुपमा एक जना भाग्यमानी उपभोक्तालाई सुनको सिक्का प्रदान गरिने आयोजकले जनाएका छन् ।

तिहार र छठको अवसर पारेर उपभोक्तालाई आकर्षित गर्नका लागि यस्तो अफर ल्याएको आयोजकको भनाई छ । तिहारमा सुन वा चाँदी किन्ने चलनलाई मध्यनजर गर्दै उपभोक्ता माझ यस्तो अफर ल्याइएको जनकपुर नेपाली जुत्ता घरका संयोजक प्रमोद महतोले जानकारी दिए ।

दशैंको अवसरमा नगद १० हजार तथा ४ जनालाई एक हजारको भौचर उपलब्ध गराइसकेको जनकपुर नेपाली जुत्ता घरले ‘जुत्ता किनौ, सुन र चाँदीको सिक्का जितौ’ अफर ल्याएको हो ।

जनकपुर जुत्ता घरमा सुन चाँदी जित्ने अफरसहित प्रत्येक जुत्तामा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत रहेको जनाइएको छ ।

शोरुममा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको जनाइएको छ । व्यवसायीहरुको भन्दा पनि उपभोक्तको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ । नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, बिएफ डियर हिल, रोयल सुज, क्रस रोड, सील सुज, डिजे सुज र बेली सुज शोरुममा रहेका छन् ।

जनकपुर उपमहानगरपालिकाको शिव चोक, स्टेशन रोडमा (नगरपालिकाको गेटको छेउमै) रहेको जनकपुर नेपाली जुत्ता घरमा गुणस्तरीय र सस्तो मुल्यमा स्वदेशी जुत्ताचप्पल पाएपछि स्थानीयबासीको चाप बढिरहेको छ ।
नेपालका प्रख्यात ब्राण्डहरुले संयुक्तरुपमा संचालनमा ल्याएको शोरुममा नेपाली उत्पादनका स्वदेशी गुणस्तरीय जुत्ताचप्पलहरु उपलब्ध रहेका छन् ।

जनकपुरमा स्वदेशी उत्पादनका जुत्ताचप्पलको भब्य शोरुम संचालनमा आएकोमा स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । उनीहरुले आफ्नै आँगनमा नेपाली प्रख्यात जुत्ताचप्पलका ब्राण्डहरु विक्रि वितरण हुँदा फाइदा लिन पाएको बताएका छन् ।

नेपाली उत्पादनका स्वदेशी जुत्ताचप्पललाई स्थानीयतहमा पु¥याउने र नेपालीहरुलाई स्वदेशी जुत्ताचप्पल प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यका साथ संयुक्त शोरुममा विभिन्न अफर ल्याइएको जनकपुर नेपाली जुत्ता घरका संयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक महतो बताउँछन् ।

शोरुममा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको जनाइएको छ । व्यवसायीहरुको भन्दा पनि उपभोक्तको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, बिएफ डियर हिल, रोयल सुज, क्रस रोड, सील सुज, डिजे सुज र बेली सुज शोरुममा रहेका छन् ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा संचालनमा आएको शोरुममा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरी मौकाको फाइदा उठाउन आयोजकको अनुरोध छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *