‘जनकपुर नेपाली जुत्ता घर’को लक्की ड्रमा विरेन्द्रनगरका निरज श्रेष्ठले जिते १० हजार नगद

एक हजार नगदको सपिङ भौचर ४ जनाले पाए
news-details

जनकपुरमा संचालनमा आइरहेको नेपाली उत्पादनका जुत्ताचप्पलको संयुक्त शोरुम ‘जनकपुर नेपाली जुत्ता घर’ मा दशैंको अवसरमा राखिएको लक्की ड्र अफरको बम्पर उपहार विजेता जनकपुर विरेन्द्रनगरका निरज श्रेष्ठ बनेका छन् ।

चाडवाडको अवसरमा राखिएको लक्की ड्रका बम्पर उपहार विजेता श्रेष्ठले १० हजार नगद जितेका हुन् । जनकपुर नेपाली जुत्ता घरका संयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतो र दिवाकर गिरीले  गत शनिवार लक्की ड्र मार्फत श्रेष्ठको नाम सार्वजनिक गरेका हुन् ।

त्यसै गरी एक हजार नगदको सपिङ भौचर ४ जनाले पाएका छन् । सपिङ भौचर पाउनेहरुमा जनकपुरका रविन्द्र कुमार साह, जनकपुरका अम्रेश कुमार सिंह, बर्दीबासका रोहन घोताने र जनकपुरकै रिंकु कुमारी साह रहेका छन् ।

लक्की ड्र विजेताहरुलाई उपहार हस्तान्तरण गरिसकेको आयोजकले जानकारी दिएका छन् । प्रत्येक जुत्ता खरिद गर्दा लक्की ड्र कुपन निः शुल्क उपलब्ध गराएको आयोजकले जनाएका छन् ।

दशैंको अवसर पारेर उपभोक्तालाई आकर्षित गर्नका लागि २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था जनकपुर जुत्ता घरमा रहेको जनाइएको छ ।

जनकपुर उपमहानगरपालिकाको शिव चोक, स्टेशन रोडमा (नगरपालिकाको गेटको छेउमै) रहेको जनकपुर नेपाली जुत्ता घरमा गुणस्तरीय र सस्तो मुल्यमा स्वदेशी जुत्ताचप्पल पाएपछि स्थानीयबासीको चाप बढ्न थालेको छ ।

नेपालका प्रख्यात ब्राण्डहरुले संयुक्तरुपमा संचालनमा ल्याएको शोरुममा नेपाली उत्पादनका स्वदेशी गुणस्तरीय जुत्ताचप्पलहरु उपलब्ध रहेका छन् ।

जनकपुरमा स्वदेशी उत्पादनका जुत्ताचप्पलको भब्य शोरुम संचालनमा आएकोमा स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । उनीहरुले आफ्नै आँगनमा नेपाली प्रख्यात जुत्ताचप्पलका ब्राण्डहरु विक्रि वितरण हुँदा फाइदा लिन पाएको बताएका छन् ।

नेपाली उत्पादनका स्वदेशी जुत्ताचप्पललाई स्थानीयतहमा पु¥याउने र नेपालीहरुलाई स्वदेशी जुत्ता प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यका साथ संयुक्त शोरुम संचालनमा ल्याइएको जनकपुर नेपाली जुत्ता घरका संयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।

‘जुत्ताचप्पलका संचालकहरुले डाइरेक्ट कुनै मार्जिन नराखी उत्पादन लागतमा नै उपभोक्तालाई उपलब्ध गराउने हुँदा सस्तो र गुणस्तरीय सामाग्री जनकपुरवासीले पाउनुहुनेछ’ संयोजक महतोले भने ।

शोरुममा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको जनाइएको छ । व्यवसायीहरुको भन्दा पनि उपभोक्तको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, डिएफ डियर हिल, रोयल सुज, क्रस रोड, शिल सुज, डिजे सुज र बेली सुज शोरुममा रहेका छन् ।

नेपाली उत्पादनलाई प्रबद्र्धन गर्नको लागि देशव्यापी रुपमा मेला तथा शोरुमहरु बिस्तार गर्दै आएको व्यवसायीहरुको समुहले बजारमा पाउनेभन्दा एकदमै सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल बिक्रि वितरण गर्नुका साथै स्वदेशमा नै स्तरिय जुत्ता बन्दोरहेछ भनेर प्रमाणित गरिरहेका छन् ।

जनकपुरमा संचालनमा आएको संयुक्त शोरुमबाट अहिलेको अवस्थामा आर्थिक मन्दी खेपिरहेका उपभोक्ता तथा व्यवसायीलाई राहत दिने संचालकहरुको भनाई छ ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा संचालनमा आएको शोरुममा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरी मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *