सुनको मूल्यमा नयाँ रेकर्ड कायम

news-details

नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य ५०० रुपैयाँले तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको हो । तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम रहको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

बुधबार छापावाल सुन एक लाख १३ हजार २ सय रुपैयाँमा र तेजावी सुन एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *