दशै एक्सचेञ्ज अफरसहित सुरु भएको ‘चितवन नेपाली जुत्ताघर’मा उपभोक्ताको बढ्यो आकर्षण

news-details

चितवनको भरतपुरमा अत्याधुनिक शोरुमसहित संचालनमा आएको ‘चितवन नेपाली जुत्ता घर’मा दशै एक्सचेञ्ज अफर लागेसँगै उपभोक्ताहरुको भिड बढदो छ ।

मेलामा चाडवाड लक्षित जुत्ता एक्सचेञ्जको अफर रहेपछि उपभोक्तामा आकर्षण बढेको हो ।

दशै एक्सचेञ्ज अफरसहित सुरु भएको ‘चितवन नेपाली जुत्ताघर’मा उपभोक्ताको बढ्यो आकर्षणभरतपुरमा रहेको गङगोत्री मार्ग, (होटल गङगोत्री अगाडि) पहिलो तलामा संचालनमा आएको अत्याधुनिक शोरुमसहितको मेलामा पुरानो जुत्तासँग नयाँ साट्न पाउने अफरसहित दशै अफर शुरु भएको हो ।

चितवन नेपाली जुत्ता घरमा नेपालको प्रख्यात ब्राण्ड केटिएम सुज र सम्राट सुजका आधुनिक डिजाइनका जुत्ता चप्पल रहेका छन् । चितवनबासीका लागि स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता सस्तो मुल्यमा उपलब्ध गराउनका लागि चितवन जुत्ता घर संचालनमा ल्याएको जानकारी मेला आयोजक प्रमोद महतोले दिए ।

चाडवाडका लागि नै भनेर जुत्ता कम्पनीले २ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता सार्वजनिक गरिएको जनाइएको छ । मेलामा एक हजारभन्दा बढि नयाँ नयाँ डिजाइन जुत्ता उपलब्ध छन् ।

जुत्ता एक्सचेञ्जसहित स)चालन भइरहेको जुत्ता घरमा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनेछ । साथै प्रत्येक जुत्तामा २५ प्रतिशत छुट उपलब्ध गराइएको छ । पुरानो जुत्ता ल्याउनेलाई २५ प्रतिशत छुटमा थप ५ सय रुपैया मुल्यांकन गरेर घटाएर नयाँ जुत्ता दिइने आकर्षक अफर रहेको आयोजक महतोको भनाई छ ।

चितवनबासीलाई स्वदेशी उत्पादनका नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको महतोको भनाई छ । ‘यसअघि पनि काठमाडौंमा पटक–पटक एक्सचेञ्ज मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले चितवनमा एक्सचेञ्ज मेला आयोजना गरिएको हो, साथै चाडवाडलाई लक्षित गर्दै थप आकर्षक अफर र छुटसहित मेला संचालन गरिएको हो’ आयोजक महतोको भनाई छ ।

चाडवाडका लागि नै भनेर जुत्ता कम्पनीले २ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता सार्वजनिक गरिएको जनाइएको छ । मेलामा एक हजारभन्दा बढि नयाँ नयाँ डिजाइन जुत्ता उपलब्ध छन् ।

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजकको दावी छ । ‘उत्पादक मुल्यमा नै जुत्ता उपलब्ध गराउने विशेष प्रमोशनल अफर ल्याएका छौं, उपभोक्तालाई फाइदा नै फाइदा मात्र दिएका छौं’ महतोको भनाई छ ।

हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि चितवनमा खोलिएको चितवन नेपाली जुत्ता घर सार्थक हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *