सरकारी कार्यशैलीमा सुधार आवश्यक छ : अध्यक्ष ढकाल

news-details

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले , सरकारी ढिलासुस्तीले गर्दा पनि लगानी नेपालमा आशा गरे जस्तो लगानी नभित्रिएको तर्क गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले कतै हाम्रो कार्य प्रणाली भित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? भन्ने प्रश्न उठाएका हुन् ।

‘नेपालमा संचालित प्राय सबै बहुराष्ट्रिय कम्पनी राम्रो मुनाफा कमाइ रहँदा पनि नयाँ लगानी आइरहेको छैन । अमेरिकी सरकारले केहि समय अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ । कतै हाम्रो कार्य प्रणाली भित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? सम्माननीय प्रधानमन्त्रीज्यू यदि त्यसो हो भने सुधार आवश्यक छ ।’

अर्थतन्त्रमा निराशा एउटा सूचक भएको बताएका उनले यस्ता सूचक हरु बढदै गए अर्थतन्त्र मन्दीमा जाने चेतावनी दिए ।

नेसनल व्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो । भन्दै उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यू करिब डेढ बर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *