एनआरएनए बहराइन र माछापुच्छ्रे बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर

news-details

गैरआवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद् बहराईन र माछापुच्छ्रे बैंक लिमिटेड (इबिएल रेमिट)बीच एक आपसमा सहकार्य गर्नका लागि दुइपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा ७ अक्टोबर शनिवार एनआरएनएको तर्फबाट अध्यक्ष राजु कुमार श्रेष्ठ र महासचिव संगीता खत्री त्यसैगरी माछापुच्छ्रे बैंकको तर्फबाट मध्य पूर्व विजनेश डेलपमेण्ट म्यानेजर सुजन सापकोटा तथा बहराईन प्रतिनिधि शिव बिकले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद् बहराईन आइसीसी सदस्य, संस्थापक संरक्षक, संरक्षकहरु, प्रमुख सल्लाहकार , सल्लाहकार लगायत कार्यसमितिका पदाधिकारी, बहराईनका विभिन्न संघ संस्था प्रमूख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सम्झौतामा के छ?

यस सम्झौताको उद्देश्य गैरआवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद् बहराईनका सदस्यहरूलाई बैंकिङ सुविधा उपलब्ध गराउन, खाता खोल्न, रकम पठाउने र अन्य बैंकिङ सेवाहरू प्रदान गर्ने साझेदारी भएकोछ ।

१, गैरआवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद् बहराईनले साझेदार बैंकको रूपमा सञ्चालन हुने हरेक कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडलाई प्रवर्द्धन गर्नेछ साथै सदस्यहरू बीच बैंकिङ सुविधाहरूको बारेमा चेतना जगाउनेछ। पारस्परिक सहमति योजना अन्तर्गत माछापुच्छ्रे बैंकले मार्केटिङ र प्रवर्द्धनात्मक प्रयासहरू सँग सम्बन्धित कुनै पनि लागतहरू वहन गर्नेछ।

२, माछापुच्छ्रे बैंकले गैरआवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद् बहराईनलाई बहराइनमा रहेका नेपालीहरुका लागि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा आर्थिक सहयोग गर्नेछ।

३, गैरआवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद् बहराईनका सदस्यहरूले माछापुच्छ्रे बैंकको रेमिट्यान्स बचत खाता निक्षेपमा अधिमान्य ब्याज दर पाउने छन ।
४, एनआरएनए बहराइनमा आबद्ध भएकालाई माछापुच्छ्रे बैंकले निम्नानुसार सहुलियत दिने छ । बैंकिङ लेनदेनमा बैंक शुल्क कम लाग्ने ।
५ खाता खोलेको पहिलो वर्ष निस्शुल्क एटीएम कार्ड र अनलाइन बैंकिङ सुविधा दिनेछ ।
६ आकर्षक सुविधाहरू र पुरस्कारहरू सहित क्रेडिट कार्ड सुविधा दिने छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *