दशैं तिहारलाई लक्षित गर्दै पद्मोदय मोडमा सुरु भयो ‘जुत्ता एक्सचेन्ज मेला’

news-details

नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै आजबाट काठमाडौंको पद्मोदय मोडमा जुत्ता एक्सचेन्ज मेला सुरु भएको छ ।

पुतलिसडकबाट भृकुटीमण्डप छिर्ने मोडैमा रहेको मेला नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठलाई लक्षितगरि आयोजना गरिएकोे हो ।

मेलामा केटिएम सुज, भेनस सुज, सम्राट सुज र स्मार्ट सुजका ३ सयभन्दा बढी लेटेस्ट डिजाइनका जुत्ताहरु राखिएको आयोजकको भनाई छ । जस्तोसुकै पुराना जुत्ताको मुल्य पाँच सय रुपैया तोकिने र थप २५ प्रतिशतसम्म छुटको समेत व्यवस्था रहेकोे मेला आयोजक तथा भेनस सुजका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले जानकारी दिए ।

मेलामा पार्टीसुज, क्याजुवल सुज, स्पोर्ट सुज, अफिस सुज, स्कुल सुज, बुट, लेदर सुज, लोफर सुज, स्टिल सुज लगायतका जुत्ताहरु भर्खरै मात्र लन्च भएर आएको र सस्तो मुल्यमा वाटेन्टीसहित पाउन सकिने अर्का आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले बताए ।

चाडपर्वलाई लक्षित गरी आयोजना गरिएको एक्सचेन्ज मेलामा ३ सय भन्दा बढी डिजाइनका विशुद्ध नेपाली ब्रान्डहरु एकदमै सस्तो मुल्यमा एउटै छानामुनि किन्न पाईने भएको हुनाले अहिले यो मेला ग्राहकहरुको प्रमुख रोजाई बनिरहेको छ ।

सर्वसुलभ मुल्यमा सबैले जुत्ताचप्पल लगाउन पाउन् भन्ने उद्देश्यका साथ र उच्च गुणस्तरको जुत्ता नेपाली उपभोक्तालाई उपलब्ध गराउन र नेपाली जुत्ता पनि विदेशी जुत्ताभन्दा कम छैन भनी चिनाउँनलाइ मेला आयोजना गरेको आयोजक महतोले जानकारी दिए ।

आफ्नो उत्पादन बिचौलियाको हातमा नपारी सिधै ग्राहक सँग पु¥याउनका लागि यो मेला आयोजना गरेको बताउँदै मेला आयोजक श्रेष्ठले १ वर्षको वारेन्टी सहित एक्सचेन्ज अफर सुरु गरेको हुनाले सबै उपभोक्ताहरुलाई आफूसँग भएका पुराना जुत्ता लिएर मेलामा आईदिन आग्रह गरे ।

चाडपर्वलाई लक्षित गरी आयोजना गरिएको एक्सचेन्ज मेलामा ३ सय भन्दा बढी डिजाइनका विशुद्ध नेपाली ब्रान्डहरु एकदमै सस्तो मुल्यमा एउटै छानामुनि किन्न पाईने भएको हुनाले अहिले यो मेला ग्राहकहरुको प्रमुख रोजाई बनिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *