अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत

news-details

अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । बिश्वका जुनसुकै देशमा रहेका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ ।

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिट प्रा.लि.का बीच यस अघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका थिए ।

बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८४ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखारहित बैंकिङ्ग सेवा, ६५ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *