नेपाल राष्ट्र बैंकले बढायो सुन आयातको कोटा, अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने

news-details

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ ।

हाल दैनिक १० किलोग्रामसम्म सुन आयात हुँदै आएकोमा अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।

बुधबार केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सोही व्यवस्थामा केन्द्रीय बैंकले दैनिक सुन आयातको कोटा अनुसार एक महिनामा आयातित सुनको कोटा अनुसार अपुग भए अर्को महिना थप ल्याउन नपाइने तर सोही महिनाको एक दिनको अपुग परिणाम अर्को दिन थप ल्याउन पाउने व्यवस्था समेत गरेको छ ।

हाल राष्ट्र बैंकको अधीनमा रहेर वाणिज्य बैंकहरुले मात्र सुन आयात गरिरहेका छन् । यसअघि नै दैनिक सुन आयातको कोटा २० केजी रहेपनि घट्दो रेमिटेन्स र बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै केन्द्रीय बैंकले फागुन, २०७८ मा सुन आयातको कोटामा ५० प्रतिशतले कटौती गर्दै १० किलोमा झारेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *